Tuesday, November 8, 2011

Bardiya

बर्दिया नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भन्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ । कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँकि भाग (३१.२७%) चुरे पर्वत पर्दछ । पहिले आदिवासी थारुहरुको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरुमा वाह्य जिल्लाहरुबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ ।
विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डीया कम्पनीलाई सहयोग गरेवापत विसं १७७३ को सुगौलीसन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कारस्वरुप विसं १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगायतका चार जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छ । बर्दिया जिल्ला बढैया तालको जिल्ला, गजराज हात्तिको जिल्ला, थारु बहुलको जिल्ला, जङ्गलै जङ्गलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा एक खम्बे पुलको जिल्लाको आदि नामले पनि परिचित छ ।

No comments:

Post a Comment