यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ । ती मध्ये केही यस प्रकार छन -
- स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । ऐश्वर्य र सवृद्धिका प्रतिकका रुपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ ।
- पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँ मा हरिहर राजाको दरबार थियो । बारबर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउनथाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ ।
- थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ । वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि वर्दवा बाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ ।
No comments:
Post a Comment