Tuesday, November 8, 2011

जिल्लाको नामाकरण

यस जिल्लाको नाम बांके रहनुको पछडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ । ती मध्य केही यस प्रकार छन् :-
  • परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरुको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरुको मृत्यु हुन गै थोरै मानिसहरुमात्र यस क्षेत्रमा बांकी रहेकोले "बांकी मानिसले बसोवास गरेको ठांऊ" भन्दै जांदा पछी अपभ्रंस भै यस ठांउलाई बांके भन्न थालिएको पाइन्छ ।
  • सत्ययुगमा सतीदेवीको जिब्रो पतन भै त्यस ठांउमा वाक्यस्वरी देवी उत्पन्न भै स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जांदा पछि बांकेमा परिणत भएको भनाइ पनि रहेको छ ।
  • परापूर्वकालमा यहांका मानिसहरुले घाम पानी हुरी वतास आदि बाट सुरक्षित रहन वरिपरी घुमाएर बांके खालका घरहरु निर्माण गर्ने गर्थे रे । अधिकांश बांके घरहरु रहेको बस्तीलाई "बांके बस्ती" भन्दै जांदा पछि जिल्लाको नाम नै बांके रहन गएको हा भन्ने जनश्रुति पनि पाइन्छ ।

No comments:

Post a Comment